नेकपा (एस) का पूर्णकालीन सदस्यलाई मासिक १० हजार


६ पुष २०७८, मंगलवार
money new
सांकेतिक तस्विर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का पूर्णकालीन सदस्यलाई महिनाको १० हजार रुपैयाँ खर्च दिने तयारी गरिएको छ । एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीका अनुसार काठमाडौंभित्रका पार्टीका पूर्णकालीन सदस्यलाई मासिक १० हजार रुपैयाँ व्यवस्था गर्न लागिएको हो ।

उनका अनुसार जिल्ला समितिमा रहेका सदस्यमध्ये हरेक निर्वाचन क्षेत्रमा दुई जनालाई खाजा, खाना, फोन रिचार्ज गर्ने खर्चस्वरूप १० हजार रुपैयाँ प्रदान गर्नेगरी क्षेत्रीय कमिटीको सिफारिसमा पूर्णकालीन सदस्य चयन गरिनेछ । सदस्यता वितरण, संगठन निर्माण र परिचालन अभियान अवधिभरका लागि मासिक १० हजार खर्च दिनेगरी काठमाडौं जिल्लामा मात्र २० जना सदस्यलाई पूर्णकालीन सदस्य बनाउने प्रस्ताव अघि बढाइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७