जिन्दगी नै रद्द गर्नु भन्दा एउटा कार्यक्रम रद्द गर्नु उपयुक्त : डब्ल्युएचओ


६ पुष २०७८, मंगलवार
WHO hAg7Oi5CKC

काठमाडौं । विश्व स्वास्थ्य संगठनले क्रिसमसको मुखैमा चेतावनी जारी गर्दै पर्व सम्बन्धि बिदा र यात्राको कार्यक्रम रद्द गर्न आह्वान गरेको छ । कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वव्यापी बनिरहेको बेला डब्ल्युएचओका प्रमुख टेड्रोस ग्याब्रियसले अपील जारी गर्दै क्रिसमस पर्व मनाउने क्रममा हुने ओहोरदोहोर र भीडभाडले संक्रमण झन तीव्र हुने भन्दै जिन्दगी नै रद्द गर्नु भन्दा एउटा कार्यक्रम रद्द गर्नु उपयुक्त हुने बताएका हुन् ।

जिन्दगी रहे पर्व अर्को पटक पनि मनाउन पाइने भन्दै उनले व्यक्ति, समाज र देश सवैले सहयोग गरे मात्रै यो महामारीबाट बच्न सकिने पनि उल्लेख गरेका छन् । जर्मनी, फ्रान्सलगायत युरोपेली मुलुकहरुले क्रिसमस लक्षित कडाई गरिरहेको बेला डब्लुएचओ प्रमुखको अपील आएको हो । उता, अमेरिकी राष्ट्रपति कार्यालयले भने संक्रामक रोग विशेषज्ञ एन्टोनी फाउचीको चेतावनीका बावजुद लकडाउनमा नजाने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७