कांग्रेस प्रदेश-२ को अधिवेशन आज : देउवाविरुद्ध निधि र कोइरालाको गठबन्धन


६ पुष २०७८, मंगलवार
congress 9

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश-२ अधिवेशन आज (मंगलबार) देखि हुँदैछ । आज दिउँसो १ बजे उम्मेदवारको मनोनयन गर्ने समय तोकिएको प्रदेश निर्वाचन समितिले जानकारी दिएको छ ।

समितिकाअनुसार चुनाव भोलि हुनेछ । प्रदेश-२ मा सभापति शेरबहादुर देउवाविरुद्ध शेखर कोइराला र विमलेन्द्र निधि समूहबीच गठबन्धन बनाएका छन् । देउवा समूहले सभापतिमा कृष्ण यादवलाई उम्मेदवारमा अघि सारेको छ भने निधिले आफू निकट रामसरोज यादवलाई अघि सारेका छन् ।

कोइराला समूहले निधिका उम्मेदवार यादवलाई नै समर्थन गर्ने भएको छ । प्रदेश सभा संसदीय दलका नेता समेत रहेका रामसरोज यादव अहिले भौतिक पूर्वाधार मन्त्री छन् । गृह प्रदेशमा आफ्नो प्रभाव स्थापित गराउने प्रयासमा निधि छन् । कोइराला समूहले पनि प्रदेश-२ को अधिवेशनलाई प्रतिष्ठाको रुपमा लिएको छ । प्रदेश-२ को चुनावमा झण्डै २ हजार ७५ मतदाता छन् ।

कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि मतदाता हुन्छन् । गएको मंसिर १७ गते प्रदेश अधिवेशन उद्घाटन भए पनि केही जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि छनोटमा ढिलाइ भएको भन्दै अधिवेशन केन्द्रीय महाधिवेशन पछि मात्रै गर्ने गरी स्थगित गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७