एमसीसी सम्झौता पारित हुन्छ : गृहमन्त्री खाँण


६ पुष २०७८, मंगलवार
Balkrishna khad 1

जनकपुर । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको विकासका लागि नेपालकै प्रस्तावमा आएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित हुने दावी गरेका छन् । मन्त्री खाँणले पूर्ववर्ती सरकारहरुकै पालोमा अघि बढेको र नेपालको विकासका लागि परियोजना बीच अघि नै सम्झौता भएकाले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए ।

नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम आइपुगेका गृहमन्त्री खाँणले स्व. रामनारायण मिश्रको समाधिस्थलमा आयोजना गरिएको स्मृतिसभामा पत्रकारसँग कुरा गर्दै एमसीसीको बारेमा जनतामा केही भ्रम छरिएको बताए । उनले भने, ‘अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसमा अन्य कुनै भ्रम छैन् ।’

नेपाल सरकारले विद्युतीकरण र विद्युतीकरणको परियोजना तथा सडक निर्माण परियोजनाका लागि निःशर्त अनुदान दिन लागेको पनि उनले जानकारी गराए । उनले भने, ‘एमसीसीको परियोजना कुनै ऋण होइन, यो निःशर्त अनुदान हो, गठबन्धनको दलहरुको सहमतिको आधारमा यो पारित हुन्छ ।’

पत्ररकारको जिज्ञासामा गृहमन्त्री खाँणले कुनै पनि प्रस्ताव अगाडि लग्नुभन्दा पहिले सहमति र सहकार्यता जरुरी रहेकाले वातावरण तयारीमा लागेको बताए । प्रदेश २ को नेपाली कांग्रेसका महाधिवेशन लक्षित गरी नेताहरु विमलेन्द्र निधिसहितका नेताहरु जनकपुरधाम पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७