म्यानमारमा सेनाले कम्तिमा ४० नागरिकको सामुहिक हत्या गरेको खुलासा


६ पुष २०७८, मंगलवार
myanmar 20211221043937

काठमाडौं । सत्ता हातमा लिएको म्यानमार सेनाले कम्तिमा ४० जनाको सामुहिक हत्या गरेको खुलासा भएको छ । बीबीसी समाचारका अनुसार सेनाले गत जुलाईमा कम्तिमा ४० जना नागरिकको सामुहिक हत्या गरेको हो ।

प्रत्यक्षदर्शी र प्राप्त भिडियो तथा तस्बिरहरूले सो कुराको पुष्टि भएको बीबीसीले समाचार लेखेको छ । मारिएका अधिकांशलाई पहिले यातना दिएर गाडिएको थियो । गत जुलाईमा सो घटना विभिन्न चार स्थानमा भएको जनाइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार सागाइङ जिल्लाको यिन गाउँमा मात्र कम्तिमा १४ पुरुषको हत्या भएको थियो । सेनाले गाउँमा महिलालाई समेत लिएर आएका थिए । प्रजातन्त्र पुनर्वहालीको माग गर्ने नागरिकको हत्या गरेको हुन सक्ने समाचारमा बताइएको छ । गत फेब्रुअरीमा सेनाले सत्ता कब्जामा लिएपछि कयौं मानिस प्रजातन्त्र पुनर्वहालीको माग गर्दै सडकमा उत्रिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७