बालिका हत्या आरोपमा दम्पति पक्राउ


६ पुष २०७८, मंगलवार
hatya aaropi pakrau2021 12 21 11 09 29

मोरङ । एक २१ महिने बालिका हत्या आरोपमा दम्पति पक्राउ परेका छन् । मोरङको रंगेली नगरपालिका-२ नहर टोलका चन्द्र उरावकी २१ महिने छोरी युनिसा उरावको हत्या आरोपमा सोही ठाउँका नातामा फुपू-फुपाजु पर्ने ३५ वर्षीया संगीता उराव र ४६ वर्षीय सैनी उराव पक्राउ परेका हुन् ।

२६ मंसिरमा घरबाट हराएकी बालिकाको शव २८ मंसिरमा आफ्नै घर पछाडि पैनीमा गाडेको अवस्थामा फेला परेको थियो । हराएपछि मृत फेला परेकी बालिका दुई दिनसम्म उराव दम्पत्तिसँगै रहेको र अन्त कतै नगएको पाइएकाले उराव दम्पतीलाई अनुसन्धानका लागि ४ पुसमा मोरङ प्रहरीले पक्राउ गरेको थियो ।

नातेदार बालिकाको हत्या गर्ने कारण भने अझै खुलिनसकेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताएका छन् । उराव दम्पतिलाई कर्तव्य ज्यान कसुरमा अदालतमा मुद्दा दर्ता गराएर इलाका प्रहरी रंगेलीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७