१२ दिन अन्तरिक्ष यात्रा गरेर फर्किए जापानका अर्बपति


६ पुष २०७८, मंगलवार
Yusaku

काठमाडौं । जापानका अर्बपति युसाकु माइजावा १२ दिनको अन्तरिक्ष यात्रापछि सोमबार पृथ्वीमा फर्किएका छन् । सन् २०२३ मा एलन मस्कको स्पेएक्सबाट चन्द्रमा भ्रमण जाने योजनाअनुसार अभ्यासको लागि उनी १२ दिन अन्तरिक्ष भ्रमणमा गएका हुन् ।

४६ वर्षीय अर्बपति डिसेम्बर ८ मा काजकस्तानबाट अन्तरिक्ष भ्रमणमा गएका थिए । उनीसँग उनका सहयोगी योजो हिरानो र रुसी अन्तरिक्षयात्री एलेक्जेन्डर मिसुर्किन पनि भ्रमणमा गएका थिए । जापानमा धेरै फलोअर्स रहेका माइजावाले सामाजिक सञ्जालमा आफ्नो अन्तरिक्ष यात्राको अनुभव सेयर गरेका छन् । माइजावा सन् २०२३ मा स्पेसएक्सको चन्द्रमा भ्रमणको पहिलो निजी यात्रु बन्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७