आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटे, परीक्षा नै स्थगित


६ पुष २०७८, मंगलवार
RR Campus

काठमाडौं । चिट चोर्न नपाएपछि रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटपिट गरेका छन् । क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले गार्ड बसिरहेका शिक्षक प्रकाश पुडासैनीलाई कुटेका हुन् ।

कुटपिटपछि शिक्षक पुडासैनी घाइते भएका छन् । पौडासैनीको मोडल अस्पतालमा उपचार भइरहेको छ । घाइते शिक्षकको टाउकोमा सात वटा टाँका समेत लगाइएको बताइएको छ । जेठाराले चिट चोरी रहेको देखेपछि शिक्षकले चिट खोसेका थिए । चिट चोर्न नदिएको भन्दै उनले शिक्षक पुडासैनीलाई कुटेका थिए । घटनापछि मंगलबारको परीक्षा स्थगित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७