आग्रह अवज्ञा गर्दै सर्वोच्च परिसरमा कानुन व्यवसायीको प्रदर्शन र नाराबाजी

‘आग्रहको भरमा आन्दोलन रोकिंदैन’


६ पुष २०७८, मंगलवार
bar 2

काठमाडौं । सर्वोच्च अदालत प्रशासनको आग्रहको अवज्ञा गर्दै कानून व्यवसायीले मंगलबार सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन् । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार सर्वोच्च अदालतका एक अधिकारीले उनलाई फोन गरेर सर्वोच्च अदालत परिसरमा प्रदर्शन र नारावाजी नगर्न भनेका थिए ।

तर, कानुन व्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसर छिर्दा भने सुरक्षाकर्मीले रोकेनन् । प्रदर्शन र धर्नापछि बोल्दै बार एशोसिएसनका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआउँदासम्म आफूहरुको विरोध कार्यक्रम यथावत रहने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै झन्डै २ महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएनलाई सर्वोच्च अदालतको प्रशासनले अदालतको परिसरमा आन्दोलन नगर्न आग्रह गरेको छ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंगलबार बिहान दिएको जानकारीअनुसार सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबाबु कुँवले सोमबार बिहान फोन गरी अदालत परिसरमा माइक प्रयोग गरेर नारा जुलुस नगर्न र मुख्य गेटमा धर्ना नदिन अनुरोध गरेका हुन्।

तर आफूहरूको माग पूरा नहुँदासम्म आन्दोलन नरोकिने जवाफ दिइएको उनले बताए। आज बिहान आन्दोलित वकिलहरूले सर्वोच्च परिसरमा माइकबाटै प्रधानन्यायाधीशविरुद्ध नारा लगाएका छन्। मूलगेटमा धर्ना पनि दिएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७