सार्क ल नेपालले माग्यो प्रधानन्यायाधीशको राजीनामा

काठमाडौं । सार्क ल नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेको छ । सार्क ल नेपालले जबरा न्यायालयको नेतृत्वमा असफल भईसकेको भन्दै तत्काल राजीनामा गरी मार्ग प्रशस्त गर्न माग गरेको हो । सार्क ल नेपालले विज्ञप्तिमार्फत जबरामाथि न्यायीक समुदाय र सर्वसाधारणको विश्वास टुटिसकेकाले तत्काल राजीनामाको विकल्प नरहेको स्पष्ट पारेको छ ।
‘प्रधानन्यायाधीशमा न्यूनतम् पदीय जिम्मेवारी, संवैधानिक आचरण एवं कार्यक्षमतासमेत नदेखिएको, न्यायीक नेतृत्वका लागि आवश्यक न्यायीक गुण तथा कार्यक्षमता, असल आचरण एवं व्यवहारको अभाव रहेकाले तत्काल वहिर्गमन हुनपर्ने देखिएकाले राजीनामा दिनु स्वच्छ, निश्पक्षताका लागि उचित देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
साथै संसद, राजनीतिक दल र सरोकारवालालाई समेत तत्काल जबराको विकल्पका सम्बन्धमा कदम चाल्न अनुरोध गरिएको छ । सार्क ल नेपाल सार्क राष्ट्रका न्यायाधीश, कानुन व्यवसायी र कानुनी क्षेत्रका प्राज्ञहरुको संस्था हो ।
