साफ उपविजेता खेलाडी र प्रशिक्षकलाई नगदसहित सरकारको सम्मान


६ पुष २०७८, मंगलवार
SAFF

काठमाडौं । सरकारले १३औं साफ च्याम्पियनसीप फुटबलमा उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले साफमा पहिलो पटक उपविजेता बन्दै इतिहास रचेको टोलीका खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो । टिमका २३ खेलाडी र तीन प्रशिक्षकलाई नगद तथा व्यवस्थापकसहित ४ पदाधिकारीलाई प्रमाणपत्र र खादा लगाएर सम्मान गरेको राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्ययायले बताए ।

साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई ५-५ लाख र तीन प्रशिक्षकलाई ३ लाखका दरले सम्मान गरेको हो । माल्दिभ्सको मालेमा अक्टोबर १ देखि १६ (असोज १५ देखि ३० गते)सम्म आयोजना भएको साफमा नेपाल पहिलो पटक फाइनल पुग्दै इतिहास रचेको थियो । फाइनलमा भारतसँग पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।

सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले फुटबल खेलाडीलाई अझ राम्रो प्रदर्शन गर्न शुभकामना दिएको व्यवस्थापक उपाध्यायले बताए । यस्तै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अझै राम्रो प्रदर्शन गर्दै सम्मान गर्ने वातावरण बनाउन फुटबल टिमलाई आग्रह गर्दै पुरस्कारलाई निरन्तरता दिने बताए ।

‘सम्मानका लागि वातावरण बनाउनुस् । खेलाडीलाई सम्मान गर्न हामी चुक्दैनौँ ।’ अझ राम्रो सम्मान गर्ने वातावरण नतिजा बनाउनुहोस् अझै पुरस्कार दिँदै जान्छौँ । खेलाडीलाई सम्मान गर्न हामी चुक्दैनौँ ।’ मन्त्रीको भनाइ उद्धृत गर्दै उपाध्यायले भने ।

मन्त्री गहतराजले एन्फासँग सहकार्य गरेर रहेक फुटबल गतिविधिमा सरकारको उपस्थित हुने कुरालाई जोड दिएको व्यवस्थापक उपाध्याययले बताए । यस्तै खेलाडीको तर्फबाट सुजल श्रेष्ठले सम्मानका लागि सरकारलाई धन्यवाद व्यक्त गर्दै एउटा सुविधा सम्पन्न रंगशालाको आवश्यकता रहेको अवगत गराएको उपाध्याययले बताए ।

लिगमा पनि सरकारको उपस्थिती रहने, पुरस्कार राशी बढाउने र मैत्रीपूणर् खेल गराउने र विदेशमा क्लोज क्याम्प राख्ने सम्बन्धमा पनि सुजल सरकारसँग अनुरोध गरेको उपाध्यायले बताए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक), मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, मन्त्रालयका सहसचिव विष्णुराज ढकाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फा पदाधिकारीको उपस्थिति थियो ।

खेलाडी : किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ज्यु ठकुरी, नितिन थापा, बिशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी, कमल थापा

प्रशिक्षक :अब्दुल्लाह अलमुताइरी, किरण श्रेष्ठ, विकास मल्ल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७