नेपाल लाइफ इन्स्योरेन्स भन्छः हामी नै नेपालको नं.१ जीवन बीमा कम्पनी हौँ


६ पुष २०७८, मंगलवार
14 Shares
nlicno1 z7OcBURMmq

काठामाडौं, ६ पुस मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ।

कम्पनीले सर्वाधिक जीवन बीमा कोष, सर्वाधिक बीमालेख, सर्वाधिक बीमा दाबी भुक्तानी र सर्वाधिक चुक्ता पुँजी आफूसँग रहेकोले आफू नै नेपालको नं. १ बीमा कम्पनी भएको दाबी गरेको हो।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कम्पनीले आ.व. २०७८र७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०।५० अर्बको सर्वाधिक दावी भुक्तानी, ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको जनाएको छ।

ncll 2

साथै अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ।

jagdamba.cement


नेपाल लाइफ इन्स्योरेन्सले जनतामा जीवन बीमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ आजदेखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले बताए।

अभियानमार्फत कम्पनीलाई यस उचाइसम्म पु¥याउन उल्लेख्य सहयोग तथा सहकार्य पु¥याएका सेयरहोल्डर्स, कर्मचारी, अभिकर्तालगायत प्रत्यक्षरपरोक्षरुपमा भूमिका खेल्नुहुने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवादका साथै कृतज्ञता ज्ञापन गर्नु पनि यसको उद्देश्य रहेको उनले जानकारी दिए।

‘हामी समग्र जनता माझ जीवन बीमाको महत्व तथा आवश्यकताका बारेमा सचेतना फैलाउन चाहन्छौँ। जीवन बीमाले आफू लगायत आफू सम्बद्धको भविष्यको सुनिश्चितताका लागि प्रदान गर्ने सुविधाहरु सबैले जानुन् र यसलाई विकल्प भन्दापनि आधारभूत आवश्यकताका रुपमा हेरुन् भन्ने हाम्रो चाहना हो’, नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले भने, ‘स्थापना कालदेखि आजका मितिसम्म आई पुग्दा तपाइहरुको निरन्तर विश्वास र भरोसाका कारण हामी नेपालकै नं. १ जीवन बीमा कम्पनीका रुपमा स्थापित भएका हौं। त्यसैले, यसका लागि हामी हाम्रा समस्त आदर्णिय ग्राहक महानुभाव, सेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत समग्र सरोकारवालाहरु प्रति कृतज्ञता ज्ञापन गर्न चाहान्छौँ।’

कम्पनीको सफलताका बारेमा तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै जनतामाझ जीवन बीमाका बारेमा सचेतना फैलाउने उद्देश्यका साथ पुस ६ गतेदेखि सञ्चालनमा ल्याइएको यस ‘नेपालकै नं. १’ अभियान मार्फत नेपाल लाइफका लागि ग्राहक महानुभाव तथा लक्षित वर्गको अझ धेरै विश्वास प्राप्त हुने कम्पनीको विश्वास छ।

साथै योजनामार्फत कम्पनीले हात पारेको यो उचाइलाई भविष्यमा पनि निरन्तरता प्रदान गर्न उल्लेख्य सहयोग मिल्नेप्रति कम्पनी विश्वस्त रहेको नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बताए।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७