२९० मा कोरोना संक्रमण, तीन जनाको मृत्यु


६ पुष २०७८, मंगलवार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण देखिएको छ । देशभरि १७,०८९ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट २५२ र एन्टिजेनबाट ३८ जनामा संक्रमण देखिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २३२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप तीन जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हाल ६२४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७