कांग्रेस प्रदेश-२ अधिवेशन : मनोनयन दर्ता शुरु, सभापतिको उम्मेद्वारका लागि १५ हजार शुल्क


६ पुष २०७८, मंगलवार
congress prades2 riufrd0W5v

जनकपुर । नेपाली कांग्रेस प्रदेश-२ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मनोनयन दर्ता प्रक्रिया शुरु भएको छ ।
प्रदेश नम्बर-२ को निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार अहिले मनोनयन दर्ता शुरु भएको हो । प्रदेश सभापतिका उम्मेदवार कृष्ण यादव र राम सरोज यादव दर्तास्थलमा पुगेका छन् ।

Congress Pradesh21640082964
सभापतिका उमेदवार कृष्ण यादव र राम सरोज यादव ।

मनोनयन दर्ताका लागि सभापति पद्को उम्मेदवारलाई १५ हजार, उपसभापति, महामन्त्री, सहमहामन्त्री पद्का लागि १० हजार र सदस्य पदका लागि ५ हजार उमेदवारी दर्ता शुल्क राखिएको छ । त्यस्तै, मनोनयनपत्र माथि पर्ने दावी विरोधको समय साढे ४ देखि ५ बजेसम्म, दाबी विरोध उपर निणर्य दिने समय साढे ५ देखि ६ बजेसम्म र वर्णानुक्रम अनुसार उमेदवारहरूको नामावली प्रकाशन गर्ने समय साँझ ७ बजे तोकिएको छ ।

sul

दर्ता भएको मनोनयन पत्र फिर्ता लिने समय साँझ ७ देखि ८ बजेसम्मका लागि तोकिएको छ भने अन्तिम नामावली प्रकाशन राति १० बजे गरिने निर्वाचन अधिकृत प्रह्लाद गौतमले जानकारी दिए । मतदान बुधबार बिहान ८ देखि मध्याह्न ४ बजेसम्म हुने गौतमले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७