रोजगारीका लागि निगमका जहाजमा खाडी मुलुक जानेलाई सस्तो भाडा लिन थालियो


७ पुष २०७८, बुधबार
airport 3
फाइल फोटो

काठमाडौं । निगमकै कार्यालय पुगेर पर्यटनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिएपछि निगम आफ्ना उडानैपिच्छे काठमाडौंबाट श्रम भिसामा कतार, दुबई र मलेसिया जाने नेपालीमध्ये ४० जनाका लागि सस्तो दरको टिकट उपलब्ध गराउन तयार भएको छ ।

पर्यटन मन्त्रालय सम्हालेको २ महिनापछि पर्यटनमन्त्री पहिलो पटक मंगलबार नेपाल वायुसेवा निगमको कार्यालय पुगेका हुन् । ‘४०-५० डिग्रीमा श्रम रगत, पसिना बगाउन जाने नेपाली कामदारलाई भिसा र पासपोर्ट ल्याई निगम आए सस्तो टिकट दिनू,’ निगमको मुख्यालयमा आयोजित कार्यक्रममा उनले भने, ‘सस्तो दरको टिकट २० हजारमा निगमबाट २ हप्ताअघि किनेर ४० हजारमा बिक्री गर्ने ट्राभल एजेन्सीलाई चाहिँ नदिनू ।’

निगमको टिकट बिक्रेता वाणिज्य विभागका निर्देशक जनक कालाखेतीका अनुसार श्रमिकलाई सस्तोदरको टिकट दिन सुरु भइसकेको छ । मन्त्री आलेको निर्देशनअनुसार अब खाडी जाने नेपाली श्रमिकले ३२ हजार रुपैयाँ हवाई टिकट पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७