माछालाई दाना खुवाउन पोखरीमा पसेका व्यक्तिको डुबेर मृत्यु


७ पुष २०७८, बुधबार
Dubera bepatta
सांकेतिक तस्विर

सप्तरी । सप्तरीको राजबिराजमा माछालाई दाना खुवाउन पोखरी पसेका एक व्यक्तिको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर कृष्णसवरण गाउँपालिका-२ ईटहर्वाका ५२ वर्षीय बाबुनन्द चौधरी रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आफ्नै माछापोखरीमा माछालाई दाना हाल्न गएका चौधरी घर नफर्केपछि आफन्तजनले खोज्ने क्रममा पोखरीमा तैरिरहेको अवस्थामा उनको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले घटनाबारे थप अनुसन्धान अघि बढाइएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७