दुबईका अर्बपति शासक र राजकुमारीबीच ५५ करोड पाउन्डको सम्बन्ध विच्छेद


७ पुष २०७८, बुधबार
Haya Sheikh1640097778

काठमाडौं । दुबईको अर्बपति शासक र उनीसँग अलग भएकी पत्नीबीच ५० करोड पाउन्ड भन्दा बढीमा सम्बन्ध विच्छेदको मुद्दा मिलाइएको छ । यसलाई बेलायती कानुनी इतिहासमा सबैभन्दा ठूलो सम्बन्धविच्छेदको मुद्दाको रूपमा वणर्न गरिएको छ ।

बेलायतको उच्च अदालतले मंगलबार जोर्डनका पूर्व राजा हुसेनकी ४७ वर्षीया छोरी राजकुमारी हाया बिन अल हुसेनलाई २५ करोड १५ लाख पाउन्ड एकमुष्ट प्रदान गर्न आदेश दिएको हो । उनी दुबईका अर्बपति शासक, यूएईका प्रधानमन्त्री प्रधानमन्त्री र प्रभावशाली घोडा दौड मालिक ७२ वर्षीय शेख मोहम्मद बिन रशिद अल-मकतुमका छ जना पत्नीहरूमध्ये कान्छी हुन् ।

फैसलाले उनका दुई छोराछोरी, १४ वर्षीया छारी र नौ वर्षीय छोरालाई ५६ लाख पाउन्ड सुरक्षित भुक्तानी पनि प्रदान गरेको छ । यसो गर्दा २९ करोड पाउन्ड ग्यारेन्टीसहित सुरक्षित गरिनु पर्छ । राजकुमारी हायाले पतिबाट आफ्नो जीवनमाथि खतरा भएको आरोप लगाएकी थिइन् । तर, शेख मोहम्मदले भने आफूमाथिको आरोप अस्वीकार गरेका थिए । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७