बाढीले मलेसियामा १४ जनाको ज्यान गयो, ७० हजार बढी विस्थापित


७ पुष २०७८, बुधबार
flood malaysia pjqFPfqgso

काठमाडौं । मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । केही दिनदेखि निरन्तर वर्षाका कारण आएको बाढीले जनधनको क्षति गरेको छ ।

बाढीका कारण ७० हजारभन्दा धेरै नागरिक विस्थापित भएका छन् । बाढीबाट मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यसबाहेक अरु सात वटा प्रान्त बाढीबाट बढी प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ ।

उद्धारकर्ता तथा सरकारी निकायले विस्थापितलाई राहत तथा पुनर्स्थापनका लागि सहयोग वितरण गरिरहेका छन् । बाढीका कारण सडक, विद्युत, सञ्चारलगायतका अत्यावश्यक सेवा प्रभावित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७