सूर्यविनायक जङ्गलमा एक युवकको शव भेटियो, पहिचान खुल्न बाँकी

काठमाडौं । भक्तपुरको जङ्गलमा एक युवाको शव फेला परेको छ । सूर्यविनायक नगरपालिका-८ गुण्डु जङ्गलमा मंगलबार करिब ३० वर्षीय युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
काफलको रुखमा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको शवको सनाखत हुन नसकेको परिसरका डीएसपी राजु पाण्डेले जानकारी दिए । कालो बणर्, ५ फिट ५ इन्च उचाई, कालो ज्याकेट, कालो पाईन्ट, कालो पिक्याप लगाएको पुरुषको शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको पाण्डेले बताए । घटनाको बारेमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।