संसद अवरुद्ध गर्दै आएको एमालेप्रति बाबुरामको व्यंग्य : बढी उफ्रँदा आफ्नै धोती खुस्केला


७ पुष २०७८, बुधबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाएको भन्दै आक्रोश पोखेका छन् ।

सामाजिक सञ्जालमार्फत् डा. भट्टराईले पार्टी फुटेको रीस र केपी ओलीको सनकको भरमा चलेको एमालेले प्रतिनिधिसभालाई बन्धक बनाएको भन्दै आक्रोस पोखेका हुन् । सभामुख अग्नी सापकोटाले आफ्नो फुटाउन भूमिका खेलेको भन्दै एमालेले लामो समयदेखि संसद चल्न दिएको छैन । मंगलबार पनि एमालेले नाराबाजी गर्दै संसद् अवरुद्ध गरेको थियो ।

‘पार्टी फुटेको रीस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौंसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो ? के यही हो उसको जबज ?’, नेता भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘यसैलाई नजीर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बाँच्छ ? बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ है !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७