नेटोलाई रुसको चेतावनी : सैन्य प्रतिक्रियाको लागि तयार छौं


७ पुष २०७८, बुधबार
putinn

काठमाडाैं । रुसले अमेरिकाका सहयोगी मुलुकको संगठन नेटोले आफ्नो सुरक्षा चिन्ताको विषयलाई बेवास्ता गरे आफूहरु सैन्य प्रतिक्रियाको लागि तयार रहेको बताएको छ ।

रुसका उपविदेशमन्त्री सर्गेई रेबकोभले यस्तो चेतावनी दिएका हुन् । सरकारी सञ्चारमाध्यम तासका अनुसार सोमबार रोबकोभले भने, ‘मैले भनेको छु कि नेटोले फेरि पनि रुसको चिन्तालाई बेवास्ता गर्‍यो भने सैन्य र सैन्य प्रविधिको तरिकाबाट जवाफ दिनेछौँ ।’

‘म फेरि पनि भन्छु कि हामीले हाम्रो चिन्ताको विषयमा रहेका गतिविधिलाई सन्तुलनमा राख्नुपर्छ किनकी त्यसले हाम्रो लागि जोखिम बढाउनेछ’, उनले थपे । १७ डिसेम्बरमा रुसी विदेशमन्त्रालयले अमेरिका र नेटोको कानुनी सुरक्षा ग्यारेन्टीको प्रावधानबारे दुई रुसी मस्यौदा सार्वजनिक गरेको थियो। यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोसँग आफ्नो विश्वसनीय दीर्घकालीन सुरक्षा ग्यारेन्टीबारे ठोस वार्ता सुरु गर्न आग्रह गरेका थिए ।

यसअघि अमेरिकी गुप्तचर संस्थाले रुसले आगामी महिना युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेको बताएको थियो। युक्रेनको सीमामा रुसका करिब एक लाख सैनिक तैनाथ गरिएको छ । युक्रेनमाथि आक्रमण गरे त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी अमेरिकाले दिएको छ । यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि पश्चिमा मुलुकले पछिल्लो समय तनाव बढाउने काम गरेको बताएका छन् । उनीहरुले कुनै पनि आक्रामक कदम चाले त्यसको आवश्यक जवाफ दिइने पुटिनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७