आर्सनल कारबाओ कपको सेमिफाइनलमा


७ पुष २०७८, बुधबार
Arsenal p7JAsqDK3J

काठमाडाैं। आर्सनल कारबाओ कपको सेमिफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा सन्डरल्याण्डलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै आर्सनलले सेमिफाइनलको यात्रा तय गरेको हो ।

आर्सनललाई जिताउन एडी एनकेटियाले ह्याट्रिक गरेका थिए भने पेपे र चाली पाटिनोले एक/एक गोल थपेका थिए । सन्डरल्याण्डका नाथान ब्रोडहेडले सान्त्वना गोल फर्काएका थिए । सेमिफाइनलमा पुग्ने अन्य तीन टोलीको भने टुंगो लाग्न बाँकी छ । बुधबार राति कारबाओ कपको क्वाटर फाइनलका अन्य खेल हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७