स्पेनिस ला लिगा : बार्सिलोना र सेभिया बराबरी, भिल्लारियलले एलाभेसलाई हरायो


७ पुष २०७८, बुधबार
spenish la liga 1ITSu2ph3F

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना र सेभियाले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा बार्सिलोना र सेभियाले एक/एक गोलको बराबरी खेलेका हुन् ।

पहिलो हाफको ३२ औं मिनेटमा सेभियाका पपु गोमेजले गोल गरी सेभियालाई अग्रता दिलाएका थिए तर खेलको ४५ औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले बराबरी गोल फर्काए । खेलको दोस्रो हाफमा सेभिया १० खेलाडीमा सीमित भए पनि बार्सिलोनाले थप गोल गर्न सकेन । खेलको ६४ औं मिनेटमा जुलेसले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो ।

लिगमा १८ खेलमा ३८ अंकका साथ सेभिया दोस्रो स्थानमा छ । समान खेलमा २८ अंक रहेको बार्सिलोना सातौँ स्थानमा छ । लिगमा ४३ अंक रहेको रियल मड्रिड शीर्ष स्थानमा छ । अर्को खेलमा भिल्लारियलले एलाभेसलाई ५-२ ले हराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७