लिबियामा १६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु


७ पुष २०७८, बुधबार
libya ma pani jahaj durghatana

काठमाडौं । लिबियामा पछिल्ला हप्ताहरुमा १६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु भएको खुलासा भएको छ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार लिबियाका बिभिन्न तटीय क्षेत्रमा पछिल्लो सातामा १६० शरणार्थीको डुबेर मृत्यु भएको हो ।

सो संगठनका प्रवक्ता सफा मेशेल्लीले गत शुक्रबार एक पानी जहाज दुर्घटना हुँदा १०२ जनाको मृत्यु भएको र ८ जना बच्न सफल भएको जानकारी दिएका छन् । भूमध्य सागरमा मात्रै यो बर्ष १५ सय बढी शरणार्थीको डुबेर मृत्यु भएको सो संगठनले उल्लेख गरेको छ ।

यसैबीच, लिबियाबाट बिभिन्न मुलुक प्रवेश गर्न खोज्ने २१० शरणार्थी सवार एक पानीजहाजलाई नियन्त्रणमा लिई लिबिया फिर्ता गरिएको छ । लिबिया पछिल्लो समय खाडी मुलुकका लागि ट्रान्जिट प्वाइन्ट बनेकाले सयौं शरणार्थी पानी जहाजबाट लिबिया पुग्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७