एक करोड ६६ लाख ठगी आरोपमा थलीबाट एक जना पक्राउ


७ पुष २०७८, बुधबार
pakrau
फाइल फोटो

काठमाडौं । काठमाडौंको थलीबाट ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा घर भई बौद्ध बस्दै आएका ५३ वर्षीय दुर्गाबहादुर भण्डारी छन् ।

उनले जग्गा खरीद गरिदिन्छु भन्दै पैसा लिएर बैना गर्ने गरेको र नामसारी नगरेर पीडितहरुलाई हैरानी दिने गरेका थिए । भण्डारीले ‘चेकबाट पैसा फिर्ता लिनु’ भनेर खातामा नभएको चेक दिएर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

अहिलेसम्म उनले ८ जनाबाट १ करोड ६६ लाख ५० हजार ठगेको उजुरी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । घटनाबारे महानगरीय प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७