लुम्बिनी प्रदेशबाट कांग्रेस केन्द्रीय सदस्यमा कँडेल, केसी र खड्का निर्वाचित


७ पुष २०७८, बुधबार
Devendra Chandra and Shila Congress Lumbini

लुम्बिनी । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) पदको मत परिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गत मंसिर २७ गते दुई पदका लागि भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल २,७२७ तथा चन्द्रबहादुर केसी २,२६७ मत प्राप्त गरी विजयी भएका हुन् ।

यस्तै महेन्द्रकुमार शर्माले १,७७३, लेखनाथ पोखरेलले १,५२७, प्रदीपराज शर्माले ४२३ र बमबहादुर डिसीले २५२ मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

यसैगरी केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) महिलातर्फ शिला शर्मा खड्का दुई हजार ६७३ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै रीता सेन ओलीले १,४६३ र भगवती काफ्ले (भण्डारी) ले ४१४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७