यौनजन्य हिंसामा विवादाष्पद निर्देशकले ऐश्वर्यालाई पनि एकान्तमा बालाउने गरेको खुलासा !


२८ आश्विन २०७४, शनिबार
aiswarya and hawabart

एजेन्सी : हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका महिलाहरुले उनीमाथि आरोप लगाउने क्रम बढेर गएको हो । टाइम्सका अनुसार, हालसम्म ३० जना महिलाले हार्वेबाट प्रत्यक्ष या अप्रत्यक्षरुपमा यौनहिंसा सहनु परेको बताएका छन् ।

aiswarya and hawabart

यसैबीच  बिबिसी हिन्दीका अनुसार पूर्व विश्व सुन्दरी तथा बलिउड नायिका ऐश्वर्या रायलाई समेत हार्वेले आफ्नो जालमा पार्न खोजेको सनसनीपूर्ण खुलासा भएको छ ।  यो खुलासा ऐश्वर्या रायका अन्तर्रा्ष्ट्रिय ट्यालेन्ट म्यानेज सिमोन सेफिल्डले भेराइटी डट कममा प्रकाशित एक सामग्रीमाथि टिप्पणी गर्ने क्रममा गरेका हुन ।

सेफिल्डको टिप्पणीबारे ऐश्वर्याका तर्फबाट भने कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । ‘हार्वेले ऐश्वर्यालाई एकान्तमा बोलाउन निकै कोशिस गरे’ सेफिल्डले आफ्नो टिप्पणीमा भनेका छन् । ‘धेरैचोटी हार्वेले मलाई बैठकबाट बाहिर जान भने तर मैले भद्रतापूर्ण तरिकाले अस्वीकार गरेँ ।’ विपाशा बसुका प्रबन्धक समेत रहेका सेफिल्डले लेखेका छन् । कतिपय बेला बैठक सकिएपछि कुनामा लगेर ‘ऐश्वर्यालाई ’एक्लै पाउन के गर्नुपर्छ बरु त्यो भन’ भनेर समेत हार्वेले भन्ने गरेको सेफिल्डको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७