भारतमा ओमिक्रोन संक्रमितको संख्या २१३ पुग्यो


७ पुष २०७८, बुधबार
corona qD2ncUa2Xf

नयाँदिल्ली । भारतमा बुधबार कोरोना भाइरस संक्रमितको ६,११७ नयाँ संक्रमित भेटिएका छन् जबकी यसका कारण ३१८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६,९०६ संक्रमित निको भएका छन् ।

भारतमा यतिबेला सक्रिय संक्रमितको संख्या ७८,१९० छन् जुन ५७५ दिनमा सबैभन्दा कम हो । यस्तै यहाँ ओमिक्रोन संक्रमितको संख्या बढेर २१३ पुगेको छ । ओमिक्रोन भेरियन्टका सबैभन्दा धेरै संक्रमित दिल्लीमा ५७ छ र महाराष्ट्रमा ५४ पाइएको छ । यो भेरियन्टद्वारा संक्रमित रहेका ९० बिरामी ठिक भएपछि अस्पतालबाट छुट्टी पनि दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७