आज पनि प्रतिनिधि सभा बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै


७ पुष २०७८, बुधबार
agniprasad sapkota 1536x864 1

काठमाडौं । आज (बुधलबार) पनि प्रतिनिधि सभाको बैठक बस्दै छ । दिउँसो १ बजेका लागि निर्धारित संसद् बैठकअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

सभामुख अग्नि सापकोटाको आह्वानमा अहिले बिहान साढे ११ बजे संघीय नयाँबानेश्वरस्थित संसद् भवनको शंकर हलमा कार्य व्यवस्था परामर्श समितिको बस्ने भएको हो । प्रतिनिधि सभाको दशौं अधिवेशनअन्तर्गत पहिलो दिन गत मंसिर २८ गते कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको थियो । यस्तै पुस ६ गते मंगलबारको संसद् बैठकअघि पनि कार्य व्यस्थाका समितिको बैठक राखिएको थियो ।

यो अधिवेशनअन्तर्गत आज बस्ने तेस्रो बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । मंगलबार बसेको कार्य व्यवस्थाको बैठकमा सभामुख सापकोटाले संसदमा विपक्षी दलले उठाएको विषय अदालतमा विचाराधीन रहेकाले बैठकमा प्रक्रियासंगत ढंगले आफ्ना कुरा राखेर अघि बढ्न आग्रह गरेका थिए ।

संसदबाट निकास ननिस्कने अदातलतमा विचाराधीन विषयमा धेरै समय खेर जाने भएकाले जनताको सर्वोच्च जनप्रतिनिधि संस्था संसदमा जनसरोकारका विषयमा छलफल गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । आफ्ना कुरा राखेपछि सहभागी अन्य सदस्यहरूको कुरा सुन्ने धैर्यता राख्न विपक्षी दल आबद्ध कार्य व्यवस्थाका सदस्यहरूलाई सभामुखले आग्रह गरेका थिए ।

सभामुखको अध्यक्षतामा, कानुनमन्त्री, दलका मुख्यरप्रमुख सचेतक, सचेतक, दलका प्रतिनिधि, सभामुखद्वारा आमन्त्रित सदस्य र संसद् सचिवालयका महासचिव, प्रतिनिधि सभाका सचिवलगायत सहभागी हुने बैठकमा कार्यसूचीलाई अन्तिम रूप दिने, आगामी बैठकको मिति तय गर्नेलगायतका विषयमा छलफल हुने गर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७