म्यानमारको खानीमा पहिरो, कम्तिमा ७० जना बेपत्ता


७ पुष २०७८, बुधबार
Jade Mine1 20211222060719

काठमाडौं । उत्तरी म्यानमारको एक खानीमा पहिरो जादा कम्तिमा ७० मजदुर बेपत्ता भएका छन् । बुधबार बिहान काचिन राज्यको पाकन्त क्षेत्रस्थित जेड खानीमा पहिरो जाँदा कम्तीमा ७० बेपत्ता भएका हुन् ।

सो खानीमा बुधबार बिहान ४ बजे पहिरो गएको हो । पहिरोपछि हराएकाहरुको खोजी र उद्धार कार्य जारी राखिएको अधिकारीहरुले बताएका छन् । सो खानी अवैध रुपमा सञ्चालन भएको हुन सक्ने अनुमान गरिएको छ ।

म्यानमार जेड खानीको लागि संसारकै मुख्य स्रोत मानिन्छ । तर, पछिल्लो समय म्यानमारका जेड खानीमा सबैभन्दा बढि दुर्घटजा हुने गरेको पाइएको छ । यसअघि सन् २०२० जुलाईमा पाकन्त जेड खानी क्षेत्रमा भीषण पहिरो जाँदा करिब २ सय मजदुरको मृत्यु भएको थियो । सो घटना पछि पाकन्त क्षेत्रमा सञ्चालित खानीहरु सरकारले बन्द गराएको थियो । तर स्थानीयले अवैधरुपमा खानी सञ्चालन गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७