कांग्रेस प्रदेश-२ अधिवेशन : यी हुन् निर्विरोध निर्वाचित


७ पुष २०७८, बुधबार
congress election pra 2 foN6Ez2uS6

जनकपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश नम्बर-२ मा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । दिउँसो १ बजेदेखि गोपाल धर्मशालाको प्राङ्गणमा मतदान हुन लागेको हो ।

यसैबीच, प्रदेश सदस्य खुलामा आशाराम चौधरी (सप्तरी) र महिला खुला सदस्यमा विमलादेवी साह (सप्तरी) तथा उषा देवकोटा (महोत्तरी) निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, प्रदेश मधेसी महिलामा किरण कुमारी (पर्सा) र प्रदेश सदस्य आदिवासी जनजातिमा मनमया तामाङनी निर्विरोध चयन भएका छन् । विभिन्न ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७