ललिता निवास जग्गा प्रकरण : ‘विचौलिया’ रामकुमार सुवेदी पक्राउ


७ पुष २०७८, बुधबार
lalita niwas camp

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणका मुख्य आरोपीमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारीमा संलग्न भएको अभियोगमा रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई मंगलबार राति पक्राउ गरेको हो ।

उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतसँग अनुमति लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७