खेलाडीमाथिको कारवाही फिर्ता लिन क्यानका ६ केन्द्रीय सदस्यको आग्रह (विज्ञप्तीसहित)


७ पुष २०७८, बुधबार
263516133 4931526186892439 3345999698498528690 n1640165671

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निणर्यबाट असन्तुष्ट ६ केन्द्रीय सदस्यहरूले राष्ट्रिय क्रिकेट खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । उनीहरूले उक्त कारबाहीको भर्त्सना गरेका छन् ।

आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले खेलाडीमाथिको कारबाही फिर्ता लिन माग गरेका हुन् । ‘नेपाललाई एकदिवसीयय मान्यता दिलाउन महत्वपूर्ण योगदान गरेका क्रिकेट खेलाडीहरूलाई सम्मानको बदला अनुशासनको नाममा नेतृत्वकर्ताले जुन किसिमका नियोजित कारबाही गरिएको छ, यसको हामी घोर भरत्सना गर्दछौं’, जारी विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले नेतृत्वकर्ताको कार्यशैलीप्रति प्रश्न पनि उठाएका छन् । क्यान विधि र पद्दतिअनुसार पारदर्शी ढंगले चल्नुपर्ने उनीहरूको माग छ । ‘यदि, संघमा त्यसो हुनसकेको छैन भने सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण समेत गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ, ‘साथै, नेपालमा सञ्चालन भएको ट्राइ नेसन टी-२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरूलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दैछौँ ।’

क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतारा, मोहम्मद दाउद अन्सारी, सञ्जयराज सिंह र छुम्बी लामाले यस्तो माग गरेका हुन् ।
विज्ञप्तीको पूर्णपाठ

268645064 456578386052119 1115159219577373457 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७