परपुरुषसँग लागेको भन्दै श्रीमतीको हत्या


७ पुष २०७८, बुधबार

सुर्खेत । सुर्खेतमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । परपुरुषसँग सम्बन्ध राखेको भन्दै ती पुरुषले श्रीमतीको हत्या गरेका हुन् ।
गुर्भाकोट नगरपालिका -१३ का ७१ वर्षका भिमबहादुर परिवारले ६९ वर्षीया श्रीमती गौमाया परिवारलाई दाउराको चिर्पट र मसला पिस्ने लोरोले हिकाएर हत्या गरेको प्रहरीले जनाएको छ । चिर्पट र लारो रगतले मोसिएको अवस्था फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीलाई भीमबहादुरले परपुरुषसँग सम्बन्ध राखेको भेटाएपछि त्यही झोकमा श्रीमती हत्या गरेको बताएको छ । रिसको झोकमा हत्या गरेपछि घटना मोडको लागि परपुरुषसँग सम्बन्ध राखेकाले हत्या गरेको भन्ने भनाइ झुट पनि हुन सक्ने सुर्खेतका प्रहरी प्रमुख पदमबहादुर विष्टले बताए ।

‘रिसको झोकमा हत्या गरेको हुनसक्छ,’ सुर्खेत प्रहरी प्रमुख (एसपी) विष्टले भने, अहिले परपुरुषसँगको सम्बन्ध कारण देखाएर हत्या गरेको भीमबहादुरले बताएका छन् । प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा पुगेको छ । सुर्खेत प्रहरीले भीमबहादुरलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७