हल्लाको पछि नलाग्न भन्दै बाबुराम भट्टराईले पेस गरे एमसीसीका चार तथ्य


७ पुष २०७८, बुधबार
baburam bhattarai

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनबारे सत्तारुढ दलबीच मतभेद भइरहेका बेला सत्ता गठबन्धनको एउटा दल जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीलाई २०औं शताब्दीको ‘जमेको’ दिमागले होइन, २१औं शताब्दीको ‘खुला’ दिमागले सोच्न आग्रह गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्री डा. भट्टराईले एमसीसी अपनाउँदा विदेशी सेना नआउने तथा चित्त नबुझे ३० दिनको सूचना दिएर खारेज गर्न सकिने दाबी गरेका हुन् । ‘एमसीसीबारे २०औं शताब्दीको शीतयुद्धकालीन जमेको दिमागले हैन, २१औं शताब्दीको चौथो औद्योगिक क्रान्तिकालीन खुला दिमागले सोचौं’, भट्टराईले भनेका छन्, ‘देश कंगाल पारेर र छोराछोरी विदेश लखेटेर हैन, छिटो देश समृद्ध पारेर र युवाहरू देशमै राखेर आफ्नो र देशको सम्मान र सुरक्षा हुन्छ भन्ने बुझौं ।’ हल्लाका पछि नलाग्न अनुरोध गर्दै डा. भट्टराईले एमसीसीबारे चार ‘तथ्य’ बताएका छन् ।
डा. भट्टराईले एमसीसीबारे पेस गरेका तथ्य

१. यो प्रोजेक्ट इम्प्लिमेन्टेसन एग्रिमेन्ट (परियोजना कार्यान्वयन सम्झौता) हो; शान्ति/सुरक्षा/सीमा सम्झौता हैन ।

२. अनुदान रकम हो; ऋण हैन, तिर्न पर्दैन ।

३. नेपालको कानुनभन्दा माथि यो हुन्न; कुनै विवाद भए अन्तर्राष्ट्रिय कानुनअनुसार हुन्छ ।

४. विदेशी सेना आउन्न; चित्त नबुझे ३० दिनको सूचना दिएर यो खारेज हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७