बागमती प्रदेश सभा बैठकमा पनि एमालेको अवरोध


७ पुष २०७८, बुधबार
bagmati

हेटौंडा । नेकपा एमालेको विरोधका कारण बागमती प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । बुधबार बोलाएको बैठकमा एमाले सांसदहरुले भागबण्डा मिलाउन ८ बाट १४ वटा मन्त्रालय बनाएर प्रदेशकै बदनाम गरेको भन्दै सरकारको विरोध गरेका थिए ।

बैठकमा बोल्दै पूर्व मुख्यमन्त्री समेत रहेका डोरमणि पौडेलले पार्टीका तर्फबाट धारणा राख्दै वर्तमान सरकारले अनावश्यक रुपमा मन्त्रालय फुटाएर आठबाट १४ पुर्याएकोमा आपत्ति जनाए । साथै उनले अघिल्लो सरकारले ल्याएको महत्वपूणर् योजनाहरु कटौति गरेकोमा पनि सरकारको विरोध गरे ।

राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकारले अघिल्लो सरकारले अघि सारेको दुई योजना विद्युतीय बस खरिद सम्झौता र सुरुङ मार्ग निर्माणको योजना बजेट अभाव भन्दै हटाएको थियो । एमाले सांसदहरुले उक्त निणर्य फिर्ता हुनुपर्ने बताएका छन् । प्रदेश सभाको अर्को बैठक बिहीबार ११ बजे बस्नेगरी स्थगित भएको छ । एमालेले लामो समयदेखि संघीय संसदको बैठक अवरुद्ध पार्दै आएकामा प्रदेश सभा बैठकमा पनि अवरोध थालेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७