एमालेको नेतृत्व धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त : झलनाथ खनाल


७ पुष २०७८, बुधबार
jhalanath khanal

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले एमालेले संसद्मा गरिरहेको अवरोधलाई ‘मुर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन् ।

आज (बुधबार) को प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा नेता खनालले संसद्लाई बन्धक बनाएर एमालेले राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको टिप्पणी गरे ।

‘यो एउटा अराजकतावादी कुरा हो । जोसँग तर्कहरू सिद्धिन्छन्, शक्ति सिद्धिन्छ । बौद्धिकता सिद्धिन्छ । मर्यादा सिद्धिन्छ । सवैधानिकता सिद्धिन्छ । त्यस्ता मानिसहरू बल प्रयोगमा लाग्छन् । मुर्खतापूर्ण बल प्रयोग । यो मुर्खतापूणर् बल प्रयोगभन्दा बढ्ता केही पनि होइन । संसद् जनताको आवाज उठाउने, राष्ट्रका आवाज उठाउने, जनताका विभिन्न समस्याहरू उठाउने थलो हो । राष्ट्रका नीति, कार्यक्रम, बजेट, ऐन, कानूनहरू, संकल्पहरू निर्माण गर्ने थलो हो यो । यो थलोलाई नै बन्द गरेपछि, बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ?’ उनले भने ।

उनले एमाले नेतृत्व धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त बनेको समेत टिप्पणी गरे । ‘यो राष्ट्रलाई नै चल्न नदिने, राष्ट्रलाई अराजकताको खाडलतर्फ लाने धुन्धुकारी प्रवृत्ति हो । धुन्धुकारी प्रवृत्तिबाट प्रतिपक्षी पार्टीको नेतृत्व ग्रस्त छ’“ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७