नबिल स्मार्टपोसको सञ्चालनका लागि त्रिपक्षीय सम्झौता


७ पुष २०७८, बुधबार
IMG 20211221 WA0007

काठमाडौं, ७ पुस । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ।

आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ।

नबिल स्मार्टपोस मार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको छ।

यस सम्झौताअन्तर्गत, दराजमार्फत किनमेल गर्ने ग्राहकहरूले अब आइमार्कद्वारा प्रदान गरिएको नबिल स्मार्टपोसभित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरूमार्फत भुक्तानी गर्न सक्षम हुनेछन्।

दराजले चाँडैै नै १०० भन्दा बढी नबिल स्मार्टपोसमार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्नेछ।

त्यस्तै, आइमार्कले बैंकलाई ४ हजारभन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ, जसले सुरक्षित भुक्तानी समाधानका साथै स्मार्टफोन जस्तै हरेक अनुभवको लाभ प्रदान गर्र्नेछ।

बैंकले भनेको छ, ‘नबिल बैंक पोसको क्षेत्रमा यस्तो ठूलो प्राविधिक प्रगतिको लागि दराज र आइमार्कसंँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दछ। आफ्नो डिजिटल सेवामा नबिल स्मार्टपोस थप गरेसँगै बैंक आफ्ना ग्राहकहरूलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयार समेत भएको छ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७