ललितपुर पाटनमा ढल खन्दा भेटियो अंशुवर्माको पालाको शिलालेख


७ पुष २०७८, बुधबार
Lipi 7kewhBaiRI

काठमाडौं । ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर अगाडि ढल खन्ने क्रममा लिच्छविकालीन शिलालेख भेटिएको छ ।
गएको सोमवार भेटिएको शिलालेखको प्रारम्भिक अध्ययनमा राजा अंशुवर्माकालीन भएको पाइएको लिपिविज्ञ तथा विभागका पूर्व उपसचिव श्यामसुन्दर राजवंशीले जानकारी दिए ।

१५ पंत्तिको अभिलेख अहिले पुरातत्व विभागको संरक्षणमा रहेको छ । लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा लेखिएको शिलालेखको माथिल्लो भागमा दायाँ-बायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न कुँदिएको छ ।

Lipi 2 aSMY6vtoFO

शिलालेखमा राजा वृषदेवले बनाएको बिहारको उल्लेख गरिएको र यो अहिलेसम्म पाइएको रोचक तथ्य भएको पनि लिपिविज्ञ राजवंशीले बताए । अभिलेखमा योग्रङ्ग्राम र अन्तिम पंत्ति संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्षे भन्ने वाक्यांश प्रष्टसँग लेखिएको छ ।

अभिलेख ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइको छ । ३२ वर्षअघि गोकणर्को बालुवा गाउँमा पनि संवत् ५३६ द्वितीय पुसको अभिलेख भेटिएको थियो । यी दुई शिलालेखलाई दाँजेर त्यस बेलाका धेरै ऐतिहासिक कुरा पत्ता लगाउन सकिने लिपिविद् राजवंशीले बताए ।

lipi bigya xe9Em6v2oI

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७