कांग्रेस प्रदेश-२ अधिवेशन : देउवा र निधी समूहबीच कुटाकुट


७ पुष २०७८, बुधबार
Congress 2 Matdan sthal

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश-२ समितिको मतदानको विषयलाई लिएर दुई समूहबीच कुटाकुट भएको छ । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको हो ।

जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद भएको हो ।

सो क्रममा भएको कुटाकुटमा कांग्रेसका केही कार्यकर्ता घाइते भएका छन् । निर्वाचन समितिले प्रदेश-२ मा बुधबार नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । निधि समूहबाट रामसरोज यादव र देउवा समूहबाट रौतहटका कृष्णा यादव सभापतिका लागि प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७