माओवादी केन्द्र प्रदेश-१ : साँझ ७ बजेबाट निर्वाचन, अध्यक्षमा नेम्वाङ र मेन्याङबोबीच प्रतिस्पर्धा


७ पुष २०७८, बुधबार
Untitled 2 1640175668

मोरङ । माओवादी केन्द्र प्रदेश-१ को पदाधिकारीका लागि निर्वाचिन प्रक्रिया शुरु भएको छ । सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास अससफल भएपछि निर्वाचन प्रक्रिया थालिएको हो ।

बुधबार साँझ ७ बजेर ५ मिनेटमा मतदान शुरु हुने र राति साढे ११ बजेसम्ममा मत परिणाम घोषणा गरिसक्ने योजना बनाएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र किराँतीले जानकारी दिएका छन् । मोरङको विराटचोकमा २५ मंसिरमा माओवादी केन्द्र प्रदेश-१ को प्रथम अधिवेशन उद्घाटन भएको थियो । अधिवेशनले २७ मंसिरमा पदाधिकरीविनै २५९ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

२९ मंसिरमा विराटनगरमा बसेको कार्यसमिति बैठकले पदाधिकारी चयन गर्न नसकेपछि ७ पुसमा पदाधिकारी चयन गर्ने गरी कार्यदल गठन गरिएको थियो । अजम्बर काङबाङको नेतृत्वमा गठित कार्यदलले पनि पदाधिकारी सिफारिस गर्न नसकेपछि ७ पुसमा बसेको कार्यसमिति बैठकले निर्वाचनबाट नेतृत्व चयन गर्ने निणर्य गरेको थियो ।

माओवादी केन्द्र प्रदेश-१ को अध्यक्षका लागि पाँचथरका हर्कबहादुर नेम्बाङ (मिक्सो) र सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेस) बीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका आकांक्षी उदयपुरका सुरेश राई, धनकुटाका हेमराज भण्डारी र पाँचथरका इन्दबहादुर आङ्बोलगायत भने अन्तिम समयमा चुनावी प्रतिस्पर्धाबाट पछि हटेका थिए । एक व्यक्ति एक पदको नीति कार्यान्वयन गर्नुपर्ने आवाज उठेपछि केन्द्रीय सदस्यसमेत रहेका उनीहरू पछि हटेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७