हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश दिने


७ पुष २०७८, बुधबार
Himalayan Distrillery Ltd

काठमाडौं, ७ पुस । हिमालयन डिस्टिलरी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई सतप्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको नाफाबाट लगानीकर्तालाई शतप्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्न कम्पनीले २८ पुसमा २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

साधारणसभाका लागि कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने बताएको छ । यसको अर्थ पुस १५ सम्म कायम रहेन कम्पनीका सेयरधनीले उक्त बोनस सेयर पाउँछन् । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ हजार ४०० रुपैयाँभन्दा माथि छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७