२०७८ पुस ८ गत बिहीबारको तपाईको राशिफल


८ पुष २०७८, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्द व्यापारमा पनि राम्रै हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पारिवारिक सद्भाव बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट विशेष सहयोग मिल्ला । पुँजी बजारबाट लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यसामु धन खर्च हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मन खिन्न हुने स्थिति आउनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला । शेयर बजारबाट पनि लाभ नहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण सङ्कल्पसिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउने छ । पठनपाठनमा प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मान सम्मान नपाइन सक्छ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । कुटुम्बको सहयोग पनि मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार पनि सुन्न पाइएला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । प्रेममा सफलता पनि मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रोकिएको अधुरो कार्यले पूणर्ता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि हुन सक्छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७