इकार्डीको गोलले हारबाट जोगियो पीएसजी


८ पुष २०७८, बिहीबार

काठमाडौं । फ्रेन्च लिग वानअन्तर्गत बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) लोरियन्टसँग बराबरीमा रोकिएको छ ।
खेलको ४० मिनेटमा लोरियन्टले एक गोल गर्दै खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ८६ औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै सर्जियो रामोस मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो ।

यद्यपि खेलको इन्ज्युरी समयमा माउरो इकार्डीले गोल गर्दै टोलीलाई हारबाट बचाए । खेल सकिन केही समयमात्र बाँकी छँदा एन्जल डि मारियाले गरेको राम्रो प्रहार विपक्षी टोलीका गोलकिपरले बचाएका थिए । यसअघि लियोनेल मेस्सीले सिर्जना गरेको केही राम्रो अवसरमा पनि गोल हुन सकेको थिएन । लिगमा पीएसजीले १९ खेलबाट ४६ अंक हात पारेको छ । पीएसजी दोस्रो स्थानमा रहेको नाइसभन्दा १३ अंकले अगाडि छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७