विज्ञापनमा महिलाको फोटो प्रयोग गर्न तालिवानको प्रतिबन्ध


८ पुष २०७८, बिहीबार
download HeUpLuDhs7

काठमाडौं । अफगानिस्तानमा तालिबान समूहले विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध लगाएको छ । मुख्य गरी काबुल सहरमा ‘साइनबोर्ड’ मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाइएको हो ।

काबुलमा रहेका व्यवसाय तथा व्यापारिक केन्द्रका साइनबोर्डमा देखिने महिलाको सबै फोटो हटाउन स्थानीय सरकारलाई आदेश दिएको टोलो न्युजले उल्लेख गरेको छ । सरकारको यो निणर्यले आफूलाई आर्थिक तथा व्यावसायिक सङ्कट पर्ने काबुलकी एक सौन्दर्य व्यवसायी शायस्ता सैफीले बताएकी छिन् ।

महिला अधिकारकर्मीले पनि सरकारको निर्णयले महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने काम भएको टिप्पणी गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई महिला अधिकारको उपेक्षा नगर्न आह्वान गर्दै आएका छन् । उनीहरूले तालिबान समूहले आफ्नै प्रतिबद्धतालाई उल्लङ्घन गर्दै आएको आरोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७