देशका विभिन्न भागमा हिमपातको सम्भावना, तराईमा हुस्सु


८ पुष २०७८, बिहीबार
snow

काठमाडौं । देशका विभिन्न भागमा आज (बिहीबार) हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । ‘जनकपुर, भैरहवाजस्त तराईका क्षेत्रमा हुस्सु कुहिरो लागेको छ । तर, दिउँसो घाम लागेपछि यो हटेर जानेछ’, मौसमविद् पौडेलले भने, ‘काठमाडौंमा आज बाक्लो मात्रामा हुस्सु र कुहिरो छैन ।’

काठमाडौंमा आज बिहान ३.५ डिग्री सेल्सियस तापक्रम रहेको छ । बिहान ६ बजे काठमाडौंको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको हो । बिहान काठमाडौंमा घाम लाग्नेछ भने दिउँसो आंशिक बदली हुनेछ । ‘आज दिउँसो काठमाडौंमा आंशिक बदली हुनेछ । घाम लाग्ने र बादल लाग्ने हुनेछ’, मौसमविद् पौडेल भन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७