हङकङ विश्वविद्यालयमा रहेको तियानमेन नरसंहार स्मृति स्तम्भ ढालियो


८ पुष २०७८, बिहीबार
statue

काठमाडौं । हङकङ विश्वविद्यालय परिसरमा रहेको तियानमन चोक नरसंहार स्मृति स्तम्भ रातारात हटाइएको छ । रातको समयमा कामदार परिचालन गरेर ८ मिटर अग्लो स्तम्भ हटाइएको हो ।

सन् १९८९ मा चीनको राजधानी बेइजिङस्थित तियानमन चोकमा प्रजातन्त्रको माग गर्दै भएको प्रदर्शनका क्रममा मारिएकाहरुको सम्झनामा हङकङ विश्वविद्यालयमा शालिक निर्माण गरिएको थियो । जसलाई ‘लज्जाको स्तम्भ’ भन्ने गरिन्थ्यो । विश्वविद्यालय प्रशासनले गत अक्टुबरमै स्तम्भ हटाउने निणर्य गरेकोमा गए राति मात्रै स्तम्भ ढालिएको हो ।

विश्वविद्यालय प्रशासनले विश्वविद्यालयको हितका लागि स्तम्भ हटाइएको बताए पनि चीन सरकारको आदेशमा उक्त निणर्य गरिएको अनुमान छ ।

कलात्मक रुपमा बनाइएको तामाको शालिकमा प्रदर्शनमा मारिएकाहरुको प्रतिबिम्ब कुँदिएको थियो । शालिक ढाल्नु अघि वरपरको क्षेत्रलाई प्लास्टिकले छेकिएको र कसैलाई पनि उक्त क्षेत्रमा प्रवेश गर्न बन्देज लगाइएको थियो । चीन सरकार तियानमन चोकको घटनालाई सर्वसाधारणको स्मृतिमा रहन नदिन लागिपरेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७