चलचित्र ‘कठपुतली’ को ओएसटी सार्वजनिक


८ पुष २०७८, बिहीबार
Capture1640225379

काठमाडौं । चलचित्र ‘कठपुतली’ को ओएसटी सार्वजनिक गरिएको छ । यही पुस १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कठपुतली’ को ओएसटी गीत सार्वजनिक गरिएको हो ।

लोक लयमा आधारित ‘यो ज्यान कठपुतली’ बोलको गीतमा मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत छ । भिडियोमा चलचित्रका दृष्यहरु समावेश छन् । भिडियो भीएफएक्स र एनिमेशन प्रयोग गरी बनाइएको छ ।

परिवार परित्याग गरेको एक राजकुमार शाही दरबारमा रहँदा सामना गर्नुपरेका विभिन्न रहस्यहरू तथा अदृश्य शक्तिबाट बच्नका लागि गरेको संघर्षको हरर कथा यो चलचित्रमा पाइने छ ।

चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवणर् थापा, ध्रुव कोइरालालगायत कलाकारहरुको अभिनय रहेको छ । हरर जनरामा निर्माण भएको फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी राना मगर चलचित्रका निर्माता हुन् भने सम्पदा मल्लले कथा लेखेकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७