ओमिक्रोन भेरियन्ट कम जोखिमपूर्ण : अध्ययन


८ पुष २०७८, बिहीबार
corona qD2ncUa2Xf

काठमाडौं । दक्षिण अफ्रिका र बेलायतमा गरिएको अध्ययनको प्रारम्भिक अध्ययनले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा कम जोखिमपूर्ण रहेको देखाएको छ । बीबीसीले उल्लेख गरेअनुसार ओमिक्रोन भेरियन्टको संक्रमण फैलिँदा अस्पताल आउने संक्रमितको संख्या यसअघिका भेरियन्टको तुलनामा ३० देखि ७० प्रतिशतसम्म घटेको छ ।

यद्यपि अत्यधिक मात्रामा संक्रमण फैलिने डर भएकाले संक्रमित अनुसार अस्पताल जानेको संख्या पनि बढ्न सक्ने आशंका छ । बेलायतमा पहिलोपटक एकैदिन १ लाखभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । ओमिक्रोन कति घातक हुन्छ भन्नेबारे गरिएको गहन अध्ययनले आगामी दिनमा कसरी यो भाइरससँग लड्ने भन्ने योजना बनाउन सजिलो हुने वैज्ञानिकहरुले बताएका छन् ।

स्कटल्याण्डमा गरिएको अध्ययनअनुसार ओमिक्रोन संक्रमण पनि डेल्टाजस्तै भए अहिलेसम्म अस्पताल भर्ना हुनेको संख्या ४७ हुने थियो तर यो संख्या १५ मात्रै छ । यद्यपि यसबाट बच्न आवश्यक सतर्कता भने अपनाउनु जरुरी रहेको वैज्ञानिकहरुको भनाइ छ ।

दक्षिण अफ्रिकामा गरिएको अध्ययनले भने ओमिक्रोन भेरियन्टको संक्रमणबाट अस्पतालमा भर्ना हुनेको संख्यामा ७० देखि ८० प्रतिशतसम्मको गिरावट देखिएको छ । यद्यपि पछिल्लो समय विश्वभर कोरोना खोप लगाउनेको संख्या धेरै भएकाले मानिसमा प्रतिरोधी क्षमता विकास भएसँगै ओमिक्रोनको असर पनि कम देखिएको हुन सक्ने जानकारहरुको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७