मुस्कान खातुनको ‘बायोपिक’ बन्दै

काठमाडौं । तेजाव आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने भएको छ । पुराना अभिनेता रमित ढुंगानाले मुस्कानको बायोपिक बनाउने भएका हुन् ।
थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका रमित ‘बुद्ध बर्न इन नेपाल’ मार्फत निर्माताका रुपमा उद्योगमा आएका हुन् । सामाजिक विषयवस्तुमाथि फिल्म निर्माण गर्ने बताउँदै आएका रमित मुस्कान खातुनको बायोपिक मार्फत पुनः निर्माणमा आउन लागेका हुन् ।
रमितले मुस्कानको बायोपिकको प्रि-प्रोडक्सनको काम भैरहेको बताएका छन् । उनले पुसको अन्तिम साताबाट छायांकनमा निस्कने योजना रहेको सुनाए । मुस्कान सन् २०१९ मा एसिड आक्रमणमा परेकी थिइन् । त्यसबेला उनी १५ वर्षकी थिइन् ।